पोखरामा लागू औषधसहित ४ जना पक्राउ
पोखरा– ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीले पोखरामा ४ जनालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका- ६ खहरे स्थित होटल कोकनबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौं, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध संघिय व्यूरो पोखरा बाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा ऊनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा- ९ पृथ्बीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने वर्ष ३९ का मिजोराम नियाना, पर्सा घर भई हाल पोखरा-९ पृथ्बीचोक बस्ने २८ वर्षीय सहिद अख्तर मियाँ, तनहुँ शुक्लागण्डकी–९ का २३ वर्षीय रजिया खातुन रहेको प्रहरीले जानकारी दियो ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन (YABA), प्लास्टिकको झोलामा राखेको अंन्दाजि १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत बरामद गरेको छ । पक्राउ परेका सबै जना उपर प्रहरीले थप अनुसन्धान तथा कारबाहि प्रक्रिया अगाडि बढाएको जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण