नेपाल र न्यूजिल्याण्डबीच पहिलो पटक मन्त्रालयस्तरमा छलफल
बुधबार, १५ असोज २०७६, २२ : ४२
काठमाडौं-नेपाल र न्यूजिल्याण्डबीच पहिलो पटक परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय विचार विमर्श भएको छ ।
उक्त विचार विमर्शमा दुई पक्षीय सम्बन्धका विविध पाटा तथा सहयोग प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेर आआफ्ना धारणा आदानप्रदान गरेका थिए ।
खासगरी आर्थिक संलग्नतामार्फत सहयोगलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा जलवायु परिवर्तन र काठमाडौँमा हुने सगरमाथा सम्वादमा न्यूजिल्याण्डको सहभागिताका विषयमा समेत छलफल भएको थियो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया तथा प्रशान्त क्षेत्र महाशाखाका प्रमुख तापस अधिकारी र न्यूजिल्याण्डका विदेश मामिला तथा व्यापार मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्व एशियाको जिम्मेवारीमा रहेका एण्ड्रयु निडस्ले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण