शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल र न्यूजिल्याण्डबीच पहिलो पटक मन्त्रालयस्तरमा छलफल

बुधबार, १५ असोज २०७६, २२ : ४२
बुधबार, १५ असोज २०७६

काठमाडौं-नेपाल र न्यूजिल्याण्डबीच पहिलो पटक परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय विचार विमर्श भएको छ ।

उक्त विचार विमर्शमा दुई पक्षीय सम्बन्धका विविध पाटा तथा सहयोग प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेर आआफ्ना धारणा आदानप्रदान गरेका थिए ।

खासगरी आर्थिक संलग्नतामार्फत सहयोगलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा जलवायु परिवर्तन र काठमाडौँमा हुने सगरमाथा सम्वादमा न्यूजिल्याण्डको सहभागिताका विषयमा समेत छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया तथा प्रशान्त क्षेत्र महाशाखाका प्रमुख तापस अधिकारी र न्यूजिल्याण्डका विदेश मामिला तथा व्यापार मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्व एशियाको जिम्मेवारीमा रहेका एण्ड्रयु निडस्ले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप