चेल्सी र आयाक्स विजयी
इङ्लिस क्लब चेल्सी र डच टोली आयाक्सले च्याम्पियन्स लिग फुटबलमा सफलता हात पारेका छन् । बुधबार राति भएको समूह ‘एच’ को खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को खेलमा आयाक्सले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–० गोलले पराजित गर्यो ।
चेल्सीलाई जित दिलाउन टमी अब्राहम र विलियनले एक एक गोल गरे । लिलेका भिक्टोर ओसिमहेनले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा चेल्सीले २२औं मिनेटमा सुरुवाती गोल गरेको थियो । चेल्सीका अब्राहमले गोल गरे । त्यसपछि ३३औं मिनेटमा आयाक्सका भिक्टरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ७८औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई जित दिलाए ।
यसैगरी आयाक्सको जितमा हाकिम जियाचले आठौं, क्वीन्सी प्रोमेसले ३४औं र डोनी भान डे बीकले ६७औं मिनेटमा गोल गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको आयाक्सले दुई खेलबाट ६ अंक बनाएको छ । तीन अंक बनाएको चेल्सी दोस्रो स्थानमा छ । भ्यालेन्सिया पनि तीन अंकका साथ तेस्रो स्थानमा छ । लिलेले खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण