नगर बसमा ‘महिला’ कन्डक्टर
नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् ।
मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणा भन्छन्, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् । महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ ।”
उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ । तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो ।
प्रमुख राणाले भने, “अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो । उहाँहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताए । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु तीन करोड ४५ लाख खर्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण