विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा
बग्दाद– दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ ।
इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहान ५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिनुभएको थियो । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि सरकार विरुद्ध देशव्यापी प्रदर्शनहरु भइरहेका छन् ।
बिहीबार बिहान केही कार र नागरिक बग्दादका सडकमा देखिएका थिए, र मोक्तादा अल–सदर जस्ता प्रभावशाली धर्मगुरुहरुले पनि आमहडतालमा उत्रन सर्वसाधारणलाई अपिल गरेका छन् ।
तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालयहरु बन्द गरिएका र ग्रीन जोनलाई पनि असर पार्ने गरी गएराति कम्तीमा दुईवटा विस्फोट गराइएका थिए । निकै सुरक्षित मानिएको ग्रीन जोनमा मन्त्रालयहरु र राजदूतावासहरु रहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण