विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा

बग्दाद– दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ ।
इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहान ५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिनुभएको थियो । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि सरकार विरुद्ध देशव्यापी प्रदर्शनहरु भइरहेका छन् ।
बिहीबार बिहान केही कार र नागरिक बग्दादका सडकमा देखिएका थिए, र मोक्तादा अल–सदर जस्ता प्रभावशाली धर्मगुरुहरुले पनि आमहडतालमा उत्रन सर्वसाधारणलाई अपिल गरेका छन् ।
तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालयहरु बन्द गरिएका र ग्रीन जोनलाई पनि असर पार्ने गरी गएराति कम्तीमा दुईवटा विस्फोट गराइएका थिए । निकै सुरक्षित मानिएको ग्रीन जोनमा मन्त्रालयहरु र राजदूतावासहरु रहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा हुरीका कारण ६ जना घाइते
-
डिभोर्स
-
लामो समय मोबाइलमा गेम खेल्ने बानी, घाँटी नै सिधा उठाउन नसक्ने भए युवक
-
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
-
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
-
सगरमाथा आधार शिविर पुगेर गृहमन्त्रीले भने– शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ