मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकार शिवाकोटीलाई सुरक्षा दिन युनियनको माग

बिहीबार, १६ असोज २०७६, १४ : १०
बिहीबार, १६ असोज २०७६

इटहरी– निर्वतमान सभामुख कृष्णबहादुर महराको यौन कर्तुत बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी असुरक्षित भएको भन्दै प्रेस युनियन सुनसरीले आपत्ति जनाएको छ । प्रेस युनियन सुनसरीले विज्ञप्ती जारी गदै नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटीको सुरक्षा गर्ने सरकारलाई आग्रह गरेको हो । 

शिवाकोटीले समाचार लखेकै भरमा सुरक्षा थ्रेट बढेको भन्दै तत्काल सुरक्षा व्यवस्था नमिलाए कडा आन्दोलन गर्ने नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष धनबहादुर पुरीले जनाएका छन् ।

पुरीले बिहीबार जारी गरेको विज्ञप्तीमा लोकतन्त्रमा समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुनु गम्भीर विषय भएको र सामाजिक सञ्जालहरुमा पत्रकारलाई तल्लो स्तरमा गाली गलौज गर्ने गरिएको प्रति आपत्ति प्रकट गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप