पत्रकार शिवाकोटीलाई सुरक्षा दिन युनियनको माग
बिहीबार, १६ असोज २०७६, १४ : १०
१
इटहरी– निर्वतमान सभामुख कृष्णबहादुर महराको यौन कर्तुत बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी असुरक्षित भएको भन्दै प्रेस युनियन सुनसरीले आपत्ति जनाएको छ । प्रेस युनियन सुनसरीले विज्ञप्ती जारी गदै नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटीको सुरक्षा गर्ने सरकारलाई आग्रह गरेको हो ।
शिवाकोटीले समाचार लखेकै भरमा सुरक्षा थ्रेट बढेको भन्दै तत्काल सुरक्षा व्यवस्था नमिलाए कडा आन्दोलन गर्ने नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष धनबहादुर पुरीले जनाएका छन् ।
पुरीले बिहीबार जारी गरेको विज्ञप्तीमा लोकतन्त्रमा समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुनु गम्भीर विषय भएको र सामाजिक सञ्जालहरुमा पत्रकारलाई तल्लो स्तरमा गाली गलौज गर्ने गरिएको प्रति आपत्ति प्रकट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण