दसैं बिदामा पनि सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिसको व्यवस्था
बिहीबार, १६ असोज २०७६, १८ : २९
काठमाडौं– विगतका वर्षहरु जस्तै यस वर्षको दसैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ ।
दशैंको बेलामा धेरै आवत(जावत हुने भएकोले सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिस दिने व्यवस्था गरेको छ ।यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम सम्म रहेको सिप्रदीको संजालहरुमा रहेका छन् ।
साथै बाटोमा केहि समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा कल गर्न सकिन्छ ।