गोरखा दरबारमा पृथ्वीनारायणकालीन पोशाकमा सैनिक
गोरखा – ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारमा तत्कालीन राजा पृथ्वीनारायण शाहको पालाको झल्को दिने गरी पुराना हतियार र पेशाकसहित सेनाले पहरा दिन थालेको छ । दरबारको पुरानो पहिचानको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न आजदेखि परम्परागत पेशाक र हतियारसहित सेना बस्न थालेको हो ।
कालो दौरा सुरुवाल, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा र हातमा भरुवा बन्दुक भिरेका सेनासँग त्यहाँ पुग्ने भक्तजन र पर्यटकसँगै बसेर तस्वीरसमेत खिच्न पाउने व्यवस्था मिलाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।
गोरखा दरबारको इतिहासलाई जीवन्त राख्न तत्कालीन राजा पृथ्वीनारायण शाह कालको सेनाको पेशाक र हतियारसहितको सेना राख्दा दरबारको मुहार नै फेरिएजस्तो अनुभति भएको उनले बताए । “जुन पोशाक लगाएर नेपाल एकीकरणमा पृथ्वीनारायण शाहका सेनाले बहादुरी देखाए, त्यही पेशाकमा सेना अहिले पनि गोरखा दरबारमा देख्न पाइने भएपछि पर्यटक आकर्षित हुन्छन्”, उनले भने ।
परम्परागत सेनाको पेशाकमा तस्वीर खिचाउन चाहने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या अत्यधिक हुने भएकाले त्यसको महत्व झनै बढेको कट्टेलले बताए । नेपाली सेनाको रणसिंह दल गणको पहलमा शार्दुल जङ्ग गुल्म हनुमानढोकाको टुकुडी गोरखा ल्याएर दरबारमा राखिएको नेपाली सेना रणसिंह दल गण गोरखाका गणपति उज्ज्वल केसीले जानकारी दिए ।
दरबार प्रवेश गर्ने मुख्य प्रवेशद्वारको दायाँबायाँ शाहकालीन पोशाकमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेनाले पहरा दिनेछ ।
“दरबारको सुरक्षासँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले परम्परागत पेशाकमा सेना राख्न थालिएको हो”, केसीले भने, “पृथ्वीनारायण शाहको पालामा सेनाले लगाउने पेशाकमा दरबारमा सेना राख्दा यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहास बुझ्न सजिलो हुनेछ ।”
पहिले दरबारको सुरक्षाका लागि सेना राख्ने गरेको भए पनि २०७५ साल मङ्सिरदेखि गोरखा दरबारबाट नेपाली सेना हटाइएको थियो । यसअघि काठमाडौँको हनुमानढोका दरबारमा भने पहिलेदेखि परम्परागत पेशाकमा सेना राखिएको थियो ।
नेपाली सेनाको उद्गमथलो मानिने गोरखा दरबारमा त्यही समयको पोशाक लगाएर सेना खटिँदा दरबारको ऐतिहासिक पक्षको उजागर हुने गणपति केसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण