१५ किलो नक्कली चाँदीसहित काठमाडौंबाट एक जना पक्राउ
शुक्रबार, १७ असोज २०७६, २३ : १९
काठमाडौँ । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले नक्कली चाँदिलाई सक्कली चाँदी भनेर बेच्न हिँडेको अवस्थामा धुम्बाराहीबाट सापकोटालाई पक्राउ गरिएको जानकारी दिए । उक्त चाँदीको मूल्य रु १० लाख ५० हजार बराबर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण