१५ किलो नक्कली चाँदीसहित काठमाडौंबाट एक जना पक्राउ
शुक्रबार, १७ असोज २०७६, २३ : १९

काठमाडौँ । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले नक्कली चाँदिलाई सक्कली चाँदी भनेर बेच्न हिँडेको अवस्थामा धुम्बाराहीबाट सापकोटालाई पक्राउ गरिएको जानकारी दिए । उक्त चाँदीको मूल्य रु १० लाख ५० हजार बराबर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का
-
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
-
अबदेखि सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न प्रवेश परीक्षा दिनुनपर्ने
-
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)