दसैंमा पोखरा : घुम्नुहोस् पर्वतीय संग्रहालय (तस्बिरसहित)
पोखरा । दसैंमा स–परिवार एकै ठाउँमा जम्मा भएर मात्रै होइन । नयाँ नयाँ ठाउँ घुमेर मनाउने चलन पनि बढ्दो छ, आजकाल ।
घुम्ने ठाउँमा पनि अझ बढी रोजाइमा पर्ने ठाउँ हो पोखरा । स्वदेशी पर्यटकमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पर्छ, पोखरा ।
पोखराका घुम्ने थुप्रै ठाउँमध्येमा पर्वतीय संग्रहालय तपाईंको रोजाइको गन्तव्य बन्न सक्छ । पोखरा बसपार्कबाट करिब १ किलोमिटर दक्षिण पश्चिममा पर्ने संग्रहालयमा विश्वका अग्ला शिखरबारे थुप्रो कुरा जान्न पाइन्छ ।
हिमाल आरोहण, आरोहणका इतिहास, हिमाली जनजीवन र जलवायु परिवर्तनबारे जानकारी यस संग्रहालयबाट लिन सकिन्छ ।
संग्रहालयकी गाइड सरिता कँडेलले संग्रहालयमा धेरै कुराको जानकारी लिन पाइने बताइन् । स्थापनाकालदेखि नै संग्रहालयको गाइडको रुपमा काम गर्दै आएकी सरिताले संग्रहालयमा विश्वका अग्ला हिमशृंखलादेखि यस्को अवस्थिति र हिमाली जनजीवनका धेरै कुरा जान्न पाइने बताइन् ।
संग्रहालयमा ३ वटा मुख्य प्रर्दशनी हल छ । संग्रहालयबारे उनले सविस्तार जानकारी दिइन, पहिलो हलमा हिमाली संस्कृति, जातजाति, लगाउँने कपडा, गर गहना, भाँडाकुँडाहरु राखिएका छन् । यसमा नेपाल बाहेकका हिमाली भेगका संस्कृति र जातजाति, भेषभुषालाई पनि समेटिएको छ । ताइवान, सुल्भिनिया, जापान लगायतका देशको हिमाली भेगको जनजीवन यो हलमा छुट्याइएको छ ।
दोस्रो हलमा हिमालसंग सम्बन्धित छ । यो हलमा ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल उचाइको आधारमा जानकारी राखिएको छ ।
तेस्रो हलमा हिमाल आरोहण र यसका गतिविधि, आरोहण गर्दा प्रयोग गरिने सामानको बारेमा जानकारी पाइन्छ ।
संग्रहालयमा अर्को अस्थायी प्रदर्शनी कक्ष पनि छ भने संग्रहालय भित्रै एउटा कुनामा गुम्बा पनि छ । हिमालसँग सम्बन्धित संग्रहालय भएकाले गुम्बा पनि संग्रहालयमा बनाइएको उनले जानकारी दिइन् ।
संग्रहालय वर्षैभरि अर्थात ३ सय ६५ दिन नै खुला रहन्छ । वि.स. ०६० माघबाट सञ्चालनमा संग्राहलय १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण