दसैंमा पोखरा : घुम्नुहोस् पर्वतीय संग्रहालय (तस्बिरसहित)
पोखरा । दसैंमा स–परिवार एकै ठाउँमा जम्मा भएर मात्रै होइन । नयाँ नयाँ ठाउँ घुमेर मनाउने चलन पनि बढ्दो छ, आजकाल ।
घुम्ने ठाउँमा पनि अझ बढी रोजाइमा पर्ने ठाउँ हो पोखरा । स्वदेशी पर्यटकमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पर्छ, पोखरा ।
पोखराका घुम्ने थुप्रै ठाउँमध्येमा पर्वतीय संग्रहालय तपाईंको रोजाइको गन्तव्य बन्न सक्छ । पोखरा बसपार्कबाट करिब १ किलोमिटर दक्षिण पश्चिममा पर्ने संग्रहालयमा विश्वका अग्ला शिखरबारे थुप्रो कुरा जान्न पाइन्छ ।
हिमाल आरोहण, आरोहणका इतिहास, हिमाली जनजीवन र जलवायु परिवर्तनबारे जानकारी यस संग्रहालयबाट लिन सकिन्छ ।
संग्रहालयकी गाइड सरिता कँडेलले संग्रहालयमा धेरै कुराको जानकारी लिन पाइने बताइन् । स्थापनाकालदेखि नै संग्रहालयको गाइडको रुपमा काम गर्दै आएकी सरिताले संग्रहालयमा विश्वका अग्ला हिमशृंखलादेखि यस्को अवस्थिति र हिमाली जनजीवनका धेरै कुरा जान्न पाइने बताइन् ।
संग्रहालयमा ३ वटा मुख्य प्रर्दशनी हल छ । संग्रहालयबारे उनले सविस्तार जानकारी दिइन, पहिलो हलमा हिमाली संस्कृति, जातजाति, लगाउँने कपडा, गर गहना, भाँडाकुँडाहरु राखिएका छन् । यसमा नेपाल बाहेकका हिमाली भेगका संस्कृति र जातजाति, भेषभुषालाई पनि समेटिएको छ । ताइवान, सुल्भिनिया, जापान लगायतका देशको हिमाली भेगको जनजीवन यो हलमा छुट्याइएको छ ।
दोस्रो हलमा हिमालसंग सम्बन्धित छ । यो हलमा ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल उचाइको आधारमा जानकारी राखिएको छ ।
तेस्रो हलमा हिमाल आरोहण र यसका गतिविधि, आरोहण गर्दा प्रयोग गरिने सामानको बारेमा जानकारी पाइन्छ ।
संग्रहालयमा अर्को अस्थायी प्रदर्शनी कक्ष पनि छ भने संग्रहालय भित्रै एउटा कुनामा गुम्बा पनि छ । हिमालसँग सम्बन्धित संग्रहालय भएकाले गुम्बा पनि संग्रहालयमा बनाइएको उनले जानकारी दिइन् ।
संग्रहालय वर्षैभरि अर्थात ३ सय ६५ दिन नै खुला रहन्छ । वि.स. ०६० माघबाट सञ्चालनमा संग्राहलय १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने