बृद्ध महिलाको भूमिका गरेको भन्दै आलोचना, तापसीले भनिन्, ‘त्यसो भए म अभिनय छाडिदिन्छु’
एजेन्सी । तापसी पन्नु र भूमि पेडणेकर आगामी चलचित्र ‘साँड की आँख’ मा बृद्ध महिला शुटर प्रकाशी र चन्द्रो तोमरको भूमिकामा देखिदैछन् । तर, यसलाई लिएर दुवै अभिनेत्रीको आलोचना भइरहेको छ ।
बलिउडका भेटरान अभिनेत्री सोनी राजदान र नीना गुप्ताले हालै मात्र एक बयानमा तापसी र भूमिलाई आफ्नो उमेरको दिल्लीका युवतीहरुको भुमिका गर्न सुझाव दिएका थिए । यसलाई लिएर तापसीले पनि प्रतिक्रिया जनाएकी छिन् ।
म अभिनय छाडिदिन्छु : तापसी
तापसीले मिडियासँगको एक कुराकानीमा भनिन्, ‘एक काम गर्छु, म अभिनय नै छाडिदिन्छ् र मात्र दिल्लीमा बस्ने र आफ्नो उमेरका युवतीहरुको भूमिका खेल्छु ।’
उनले भनिन्, ‘हामी कलाकार हौँ... के अब हामीले अभिनय नै छाड्ने हो ? अभिनेत्री भएको कारणले कहिलेकाहिँ विभिन्न उमेरको भूमिका पनि खेल्छु । मलाई थाहा छ यो देखाउन सजिलो थिएन किनभने ती महिलाले ६० वर्षको उमेरमा बन्दुक उठाएका थिए र आधा चलचित्र उनीहरुको वर्तमान उमेरको बारेमा छ ।’
एक अनलाइनसँग कुरा गर्दै सोनी राजदानले भनेकी थिइन्, ‘म दुवै अभिनेत्रीहरुलाई निकै मनपराउँछु । तर मलाई लाग्छ ६० वर्षका मानिसहरुमाथि चलचित्र बनाइन्छ भने किन त्यही उमेरका कलाकारहरुलाई खेलाइँदैन ? मलाई लाग्छ यो केवल बक्स अफिसको लागि गरिँदैछ ।’
उता निना गुप्ताले भनेकी थिइन्, ‘यो व्यवसाय हो । चलचित्रको लागि सही व्यक्तिलाई लिइन्छ । मलाई लाग्छ हामीजस्ता बृद्ध नायिकाहरु बिक्दैन थियौँ होला ।’ यसअघि उनले ट्वीट गर्दै ‘हाम्रो उमेरको रोलको लागि त कम से कम हामीलाई लेऊ’ भनेकी थिइन् ।
यसबारे तापसीले आलोचनाले आफूलाई कुनै असर नपर्ने बताएकी छिन् । उनले भनिन्, ‘बृद्ध महिलाको भूमिकाका लागि भइरहेको आलोचनाबाट म खुसी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण