विनोद र करन चम्किएपछि हङकङ पराजित
काठमाडौं – ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको भेटाएको हो ।
मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि नेपाले जित हात पारेको हो । भण्डारीले चार चौका र तीन छक्काको मदतमा ४८ बलमा नटआउट ५४ रन जोडे । आरिफ शेखले २४ र सोमपाल कामीले १३ रन जोडे । तर नेपालको सुरुवात भने कमजोर रह्यो ।
नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए भने पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए । बलिङतर्फ हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २–२ विकेट लिए ।
यस्तै बलिङतर्फ नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे । यस्त्ै अविनास बोहराले १ विकेट लिएका थिए । नेपालले अर्को खेल भोलि नेदरल्याण्डसँग खेल्नेछ ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक