विनोद र करन चम्किएपछि हङकङ पराजित
काठमाडौं – ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको भेटाएको हो ।
मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि नेपाले जित हात पारेको हो । भण्डारीले चार चौका र तीन छक्काको मदतमा ४८ बलमा नटआउट ५४ रन जोडे । आरिफ शेखले २४ र सोमपाल कामीले १३ रन जोडे । तर नेपालको सुरुवात भने कमजोर रह्यो ।
नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए भने पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए । बलिङतर्फ हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २–२ विकेट लिए ।
यस्तै बलिङतर्फ नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे । यस्त्ै अविनास बोहराले १ विकेट लिएका थिए । नेपालले अर्को खेल भोलि नेदरल्याण्डसँग खेल्नेछ ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण