आफ्नै घरेलु मैदानमा सिटीलाई वुल्भ्सको झड्का, युनाइटेड पनि पराजित
एजेन्सी । साबिक विजेता म्यान्चेस्टर सिटी आफ्नै घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डरर्ससँग पराजित भएको छ । योसँगै सिटी प्रिमियर लिगको दौडमा शीर्ष स्थानमा रहेको लिभरपुरभन्दा आठ अंकले पछि परेको छ ।
आइतबार सम्पन्न खेलमा सिटी वुल्भससँग २–० गोलअन्तरले पराजित भयो ।
खेलको अन्त्यतिर एडक ट्राओरेले दुई गोल गरेपछि वुल्भ्सले सिटीलाई १९७९ पछि पहिलो पटक पराजित गर्न सफल रह्यो ।
पछिल्लो ४५ लिग खेलमा सिटीले गोल गर्न नसकेको यो दोस्रो अवसर मात्र थियो ।
८ खेलपछि सिटीको १६ अंकसहित लिगको दोस्रो स्थानमा कायम रहेको छ ।

उता, म्यान्चेस्टर युनाइटेड पनि न्युक्यासल युनाइटेडसँग १–० गोल अन्तरले पराजित भयो । न्युक्यासलको जीतमा १० वर्षीय म्याटी लङस्टाफले खेलको ७२ औँको मिनेटमा निर्णायक गोल गरे । हारसँगै युनाइटेड ९ अंकसहित १२ औँ स्थानमा सिमित बनेको छ ।

आइतबार नै भएको अन्य खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जीतमा ट्यामी अब्राहम, मेसन माउन्ट, एन्गोलो कान्टे र मिची बात्सुयायीले एक–एक गोल गरे । साउथह्याम्पटनका लागि ड्यानी इङ्ग्सले गरेको गोल सान्तवना मात्र साबित भयो । जीतपछि चेल्सी गोलअन्तरको आधारमा १४ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै, आर्सनलले पनि बोर्नेमाउथबिरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै लिगको तेस्रो स्थानमा कायम रहन सफल भएको छ ।
आर्सनलको जीतमा खेलको नवौँ मिनेटमा डेभिड लुइजले गरेको गोल निर्णायक बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण