ठगी गर्ने समूहका ४ जना पक्राउ, किर्ते लालपुर्जा बरामद
सोमबार, २० असोज २०७६, ११ : ४९
काठमाडौं– मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न समूहका तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी कार्यबारे परेको उजुरीका प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालिका १सिरुटारकी सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडाकी निर्मला श्रेष्ठ , ठहिटिकी निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोलका निरज ताम्राकारलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाईल, बल्यु प्रिन्ट, ट्रेस नक्सा ,जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने रातो कवर, किर्ते कागज तयार गर्नको लागि प्रयोग गर्ने रबर स्टयाम, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जा बरामद रहेको ललितपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण