ठगी गर्ने समूहका ४ जना पक्राउ, किर्ते लालपुर्जा बरामद
सोमबार, २० असोज २०७६, ११ : ४९
काठमाडौं– मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न समूहका तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी कार्यबारे परेको उजुरीका प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालिका १सिरुटारकी सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडाकी निर्मला श्रेष्ठ , ठहिटिकी निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोलका निरज ताम्राकारलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाईल, बल्यु प्रिन्ट, ट्रेस नक्सा ,जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने रातो कवर, किर्ते कागज तयार गर्नको लागि प्रयोग गर्ने रबर स्टयाम, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जा बरामद रहेको ललितपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने