दुुई वटा मोटरसाइकल र लाखौंको अबैध कपडासहित नामुद तस्कर पक्राउ
रौतहट । दुुईवटा मोटरसाइकल लाखौंको अबैध भारतीय कपडासहित दुईजना नामुद तस्कर रौतहट प्रहरीको फन्दामा परेका छन् । चाड पर्वको अवसरमा प्रहरी बिषेश सुरक्षामा खटिरहेको मौकाछोपी भन्सार छलेर भारतबाट अबैध रुपमा ल्याइएको कपडा रौतहटमा भित्रयाउने क्रममा उनीहरु पक्राउ परेका हुन ।
ईलाका प्रहरी कार्यालय राजपुरका सई दिपक गुप्ता नेतृत्वको टोलीले राजपुर ५ नहरको बाटोबाट बौधीमाई नपा ५ कोपवाका ३५ वर्षीय नामुद तस्कर मोतिम हास्मी र सोही ठाँउका २४ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बिआर ० ५ ,५२६२ र ना ६४ प ५१९४ नम्बरको दुईवटा मोटरसाइकल तथा भारतबाट अबैधरुपमा भित्रयाएको दुई लाख मुल्य बराबरको भारतीय कपडा बरामद भएको सई गुप्ताले बताए ।
लामो समयदेखि नामुद तस्कर हास्मी प्रहरीको आँखामा छारो हालेर विभिन्न भारतीय सामानको तस्करी गर्दै आएका थिए ।
हास्मीले केही प्रहरीलाई आर्थिक प्रभावमा पारेर विगतमा नरकटिया र बंकुल नाका हुँदै भारतीय कपडा, सुर्ति, कस्मेटिक्स ,कुखराका चल्ला तथा अबैध हात हतियार समेत रौतहट भित्रयाउदै आएका थिए ।
बरामद कपडा र मोटरसाइकल सहित दुबैजना तस्करलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरका सई गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई वेलमा उभ्याएर विश्वासको मत लिएका प्रधानमन्त्रीले कसरी खुलाउलान् बजेटको बाटो ?
-
नियममा बस्ने कर्मचारी र महानगरवासीको आत्मसम्मान हुन्छ : मेयर शाह
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
-
उद्योग वाणिज्य महासंघ कोशीले गर्यो श्रम बजार सूचना प्रणाली सफ्टवेयर निर्माण
-
कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’
-
शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी छ : देवप्रसाद गुरुङ