दुुई वटा मोटरसाइकल र लाखौंको अबैध कपडासहित नामुद तस्कर पक्राउ
रौतहट । दुुईवटा मोटरसाइकल लाखौंको अबैध भारतीय कपडासहित दुईजना नामुद तस्कर रौतहट प्रहरीको फन्दामा परेका छन् । चाड पर्वको अवसरमा प्रहरी बिषेश सुरक्षामा खटिरहेको मौकाछोपी भन्सार छलेर भारतबाट अबैध रुपमा ल्याइएको कपडा रौतहटमा भित्रयाउने क्रममा उनीहरु पक्राउ परेका हुन ।
ईलाका प्रहरी कार्यालय राजपुरका सई दिपक गुप्ता नेतृत्वको टोलीले राजपुर ५ नहरको बाटोबाट बौधीमाई नपा ५ कोपवाका ३५ वर्षीय नामुद तस्कर मोतिम हास्मी र सोही ठाँउका २४ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बिआर ० ५ ,५२६२ र ना ६४ प ५१९४ नम्बरको दुईवटा मोटरसाइकल तथा भारतबाट अबैधरुपमा भित्रयाएको दुई लाख मुल्य बराबरको भारतीय कपडा बरामद भएको सई गुप्ताले बताए ।
लामो समयदेखि नामुद तस्कर हास्मी प्रहरीको आँखामा छारो हालेर विभिन्न भारतीय सामानको तस्करी गर्दै आएका थिए ।
हास्मीले केही प्रहरीलाई आर्थिक प्रभावमा पारेर विगतमा नरकटिया र बंकुल नाका हुँदै भारतीय कपडा, सुर्ति, कस्मेटिक्स ,कुखराका चल्ला तथा अबैध हात हतियार समेत रौतहट भित्रयाउदै आएका थिए ।
बरामद कपडा र मोटरसाइकल सहित दुबैजना तस्करलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरका सई गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण