विदेशी पर्यटकले पनि मनाए दशैँ

चितवन । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् । ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो ।
“मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपालीहरु”, उहाँले भन्नुभयो ।
अर्का पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिनुहुन्थ्यो । उहाँले आगामी वर्ष पनि नेपालमा आएर दशैँ मनाउने बताउनुभयो । सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको सपनाका प्रबन्ध निर्देशक धु्रव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरु गरेका हौँ, दशैँँमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ ।”
“विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक मेरिकोलले भन्नुभयो । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशँै मनाउने परम्परा बनाएका छन् ।
पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग