हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
मङ्गलबार, २१ असोज २०७६, २० : १६
सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन् । कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण