कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ
राजविराज – आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।
पारिवारीक बिवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो। गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।
पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।
दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।
यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण