चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा
काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।
“चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने ।
प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।
चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
अनुसन्धान गर्ने विभागीय मन्त्रालयकै नेतृत्व गरेका रवि लामिछाने अन्यत्रबाट किन खोजिरहेका छन् ‘क्लिन चिट’ ?
-
लगातार ४९औँ खेलमा अपराजित रहँदै बायर लेभरकुजन युरोपा लिगको फाइनलमा
-
आमाबाबु बन्दै जस्टिन र हेली
-
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
-
भरतपुर महानगरमा पनि चल्यो ब्रुमर