३ वर्षीया बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्ध पक्राउ
सम्राट सिंह
बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ ।
पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
मदिरा सेवन गरी राति १० बजे तिर घरमा आएर ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाको आरोप छ । मदिरा सेवन गरेर राति आफूमाथि जबरजस्ती करणी प्रयास गरेको र आफू उम्केर भाग्दा नाबालिका छोरीमाथि करणी गरेको उनको भनाइ छ ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत्त पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण