टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण
सिरिया- उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषणस्थल आक्रमण गरेका छन् ।
टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ । टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ । अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको बताइएको छ ।
राष्ट्रपति रेसेप तायिप एर्डोगानले बुधवार ट्वीटरमा आक्रमण सुरु गर्ने घोषणा गरेको लगत्तै कुर्द स्थानहरू लक्षित गर्दैै हवाई र त्यसपछि स्थल आक्रमण भएको थियो । यस आक्रमणको कारण हजारौं सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।
बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेका थिए । बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ । सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो ।
ब्रिटिश विदेशमन्त्रीले टर्कीले गरेको यस हमलाप्रति गम्भीर चिन्ता प्रकट गर्नु भएको छ । यस हमलाबाट सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टिने जोखिम उत्पन्न भएको उनले बताए ।
बुधबार साँझमा स्थल आक्रमण शुरु भएको टर्की रक्षा मन्त्रालयले जानकारी दिएको छ । टर्की शुरु गरेको कारबाहीमा जतिसक्दो मानवीय रुपमा सञ्चालन भएन भने उनले देशको अर्थतन्त्रलाई ठूलो असर पारिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।
यसबीच लामो समयदेखि राष्ट्रपति ट्रम्पका कट्टर समर्थक रहँदै आएका रिपब्लिकन नेता लिन्ड्से ग्राहमले यस मामिलामा ट्रम्पको आलोचना गरेका छन् ।
सिरियाली उत्तरी प्रान्तमा शासन गरिरहेका कुर्दले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकलाई आग्रह गरेका थिए । उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रको प्रतिरक्षामा लाग्न सर्वसाधारणलाई आग्रह गरिरहेका जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण