‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने कानून उल्लंघन क्षम्य हुँदैन : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शुन्य शहनशीलता अपनाई कारवाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
६४ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले आर्थिक अनियमिता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्त्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन् ।
उनले नाम उल्लेख नगरिकनै ‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट परे ।
उनले भने, ‘आर्थिक अनियमितता, महिला तथा वालबालिमामाथि हुने हिंसा विरुद्धको हरेक क्रियाकलाप विरुद्ध शुन्य शहनीलता अपनाई आपराधिक तत्वलाई निस्तेज पार्न डटेर काम गर्न सम्पुर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु । जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लघन भएको र आर्थिक अनियमिता गरेको कार्य कदापि क्षम्य हुदैन । त्यस्तालाई कारवाही गर्न कुनै हिचकिचाहट हुने छैन ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आम रायले प्रभाव पार्न नहुने बताए । कसुरको शीघ्र अनुसन्धान गरी संलग्न दोषी छिटै पक्राउ परोस् भन्ने आम अपेक्षा हुनु स्वभाविक भएपनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने उल्लेख गर्दे उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने बताएका हुन् ।
उनले लागुऔषध, मानव वेचविखन, विद्युतीय कसुर, अबैध हातहतियार ओसार पसार र तस्करी नै अपराधका मुख्य चुनौति भएको र त्यस्ता अपराधका सञ्जालहरु अन्तरदेशीय सम्पर्कमा विस्तार हुदै गएको उल्लेख गरे ।
उनले त्यस्ता अपराधको प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठनको क्षमता विस्तारको साथै आवश्यक साधन स्रोतको उपलब्धता अत्यावश्यक रहेको बताए ।
कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका ४३ जना प्रहरीलाई अमर प्रहरी घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण