सिन्धुपाल्चोक बस दुर्घटनाको छानबिन गर्न काँग्रेसको माग
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी त्यस्ता घटनाहरुको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना बढेको काङ्ग्रेसको ठहर छ ।
काङ्ग्रेसले यस्ता घटना दोहोरिन नदिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने बताएको छ ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका–१० बडहरे मोडमा आज बिहान दुर्घटना हुँदा १४ को मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका छन् ।
सभापति देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
काङ्ग्रेसले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण