चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, सेनाको कमान्डमा १५,००० फौज

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रम स्थल तथा अन्य संवेदनशील स्थानमा कारिब १५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
चिनियाँ राष्ट्रपति शानिबार अपराह्न विशेष विमानमा काठमाडौँ आउने कार्यक्रम छ । सी काठमाडौँमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षामन्त्रालयलका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत सम्मिलित छन् ।
राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा कार्यदललाई दिइएको छ । कार्यदलले चारवटै सुरक्षा निकायका प्रमुखसँगको प्रत्यक्ष परामर्शमा काम गर्नेछ । यो समाचार अन्नपूर्ण पोस्ट्मा विष्णु सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित