चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, सेनाको कमान्डमा १५,००० फौज
चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रम स्थल तथा अन्य संवेदनशील स्थानमा कारिब १५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
चिनियाँ राष्ट्रपति शानिबार अपराह्न विशेष विमानमा काठमाडौँ आउने कार्यक्रम छ । सी काठमाडौँमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षामन्त्रालयलका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत सम्मिलित छन् ।
राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा कार्यदललाई दिइएको छ । कार्यदलले चारवटै सुरक्षा निकायका प्रमुखसँगको प्रत्यक्ष परामर्शमा काम गर्नेछ । यो समाचार अन्नपूर्ण पोस्ट्मा विष्णु सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण