चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न राष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुग्ने
काठमाडौँ । दुई दिने भ्रमणका लागि शनिबार (आज) नेपाल आउन लागेका चीनका राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो स्वागत गर्ने भएकी छिन् ।
राष्ट्रपति भण्डारीको पहिलो स्वागतपछि चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री केपी ओलीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँगको भेट त्रिभुवन विमानस्थलमै हुनेछ ।
सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाले सम्मानस्वरुप (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम राखिएको छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । विमानस्थलमै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनेछन् । परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा पुग्नछन् ।
तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

