मोदी र सीबीच भएन कश्मीर विषयमा छलफल
शनिबार, २५ असोज २०७६, १४ : ४९
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कश्मीर मुद्दाको विषयमा कुनै छलफल भएन ।
सीको भारत भ्रमणको क्रममा आज भएको छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भारत–पाकिस्तान मुद्दा कश्मीरको विषयमा कुनै छलफल नभएको भारतीय विदेश सचिव विजय गोखलेले बताए ।
ममल्लापुरममा भएको दुई नेताबीच भेटघाटमा आतकंवादको बारेमा छलफल भएपनि कश्मीर मुद्दामा कुनै छलफल नभएको उनको भनाइ छ ।
चीनले यसअघि कश्मीर मुद्दा संयुक्त राष्ट्र संघमा जानु पर्छ भनि पाकिस्तानलाई साथ दिएको थियो । त्यसको जवाफमा भारतले काश्मिर मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यसमा अरु कुनै देशले बोल्न नहुने धारणा सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण