अरिङ्गाल खाँदा १० जना बिरामी
आइतबार, २६ असोज २०७६, २१ : ५०
रुकुम-अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।
शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले खाएका थिए । बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ । अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेव मदन खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?