भारतको मोहम्मदाबादमा ग्यास सिलिन्डर विस्फोट, ७ जनाको मृत्यु
सोमबार, २७ असोज २०७६, १५ : ४८
माउ,उत्तर प्रदेश– भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले घरमा ठूलो क्षति पुगेको थियो ।
भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै तत्काल सबै सम्भाव्य उपाय अवलम्बन गरी उद्धार र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। –एएनआई/photo: jagaran.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण