कुल आचार्यले गरे प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा, महासचिवमा जानकी
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान उपाध्यक्ष कुल आचार्यले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार दिउँसो काठमाडौँमा आचार्यले पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् ।
यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर, सहमतिपछि गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले जानकारी दिए ।
तपाईँको प्यानले जित्ने आधार के हो भन्ने सञ्चारकर्मीको प्रश्नमा आचार्यले एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा पुर्याएको योगदान आफ्नो आधार भएको बताए । उनले अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी थरे । सो क्रममा उनले आफ्नो १० वटा प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
यस्तै उनले आफ्नो प्यानल निर्वाचित भए एनआरएनएको भवन रहेको जग्गा विवादबारे सरकारसँगको पहलमा समाधान गर्ने बताए । एनआरएनएका प्रतिनिधिबारे घुसपेठका सम्बन्धमा छनविन हुने पनि उनले बताए ।
एनआरएनएको नवौं विश्व सम्मेलन असोज २८ र २९ गते काठमाडौंमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण