नेपालमै पहिलोपटक नेपाल मेडिसिटीमा थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज
ललितपुर– आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा सम्भव भएको छ ।
नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो ।
मृगौलासँगै, नसा रोग, फोक्सो रोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाई छ ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।
त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो ।
अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेञ्स, प्लेटलेट एक्स्चेञ्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण