जनकपुर विमानस्थल तोडफोड प्रकरणः सांसद साहविरुद्ध मुद्दा दर्ता
जनकपुर । जनकपुर विमानस्थलमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ ।
मंगलबार विहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएसँगै प्रहरीले पक्राउ गर्नका लागि काठमाडौस्थित प्रहरी कार्यालयलाई जानकारी गराइएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । सांसद साह अहिले काठमाडौँमा रहेका छन् । उनले सोमबार जनकपुरबाट काठमाडौँ उडान भर्ने क्रममा विहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले गरेको भन्दै काउण्टर तोडफोड गरेका थिए ।
सो क्रममा बुद्ध एयर जनकपुरका व्यवस्थापक प्रमुख विजयप्रसाद सिंहले सांसद साहलाई कुनै पनि हालतमा उडान भर्न नदिने भनेपनि पछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जान निर्देशन दिएका थिए ।

कानूनमा के छ व्यवस्था ?
सो ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ । त्यसैगरी विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनोउद्धार, सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण भवन, धावन मार्ग, धावन मार्ग तर्फ जाने टेक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षती पुर्याए, वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिनेछ ।
सो किसिमको अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्ष देखि ५ वर्ष सम्म कैद हुने व्यवस्था छ ।
सो ऐन अन्र्गत अपराध गर्नेलाई नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्ने छन् र निजहरुले पक्राउ गरी सकेपछि तुरुन्त प्रहरीलाई बुझाइ दिनुपर्ने छ ।
हवाई उडान कार्यसँग सम्बन्धित कुनै पनि कर्मचारी विमानस्थलमा सरकारी वा गैरसरकारी कर्मचारी हवाई यात्रु लगायत कुनै पनि व्यक्तिलाई हातहतियार लिइ वा नलिइ डर, धम्की, प्रलोभन वा कब्जामा लिई अन्य कुनै किसिमबाट हवाई उडान संचालन तथा बाधा उत्पन्न गराउने कार्य गरेकोमा हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराध मानिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण