राष्ट्रपति भण्डारीबाट आभार व्यक्त
बुधबार, २९ असोज २०७६, १३ : १४
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले आज म्यान्माको औपचारिक भ्रमणमा निस्कनुअघि ट्विट गर्दै राष्ट्रपति सीको राजकीय भ्रमण सफल बनाएकामा नेपाली दाजुभाइ तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसञ्चार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त भ्रमणबाट जनतामा देखिएको खुसी र उत्साह साकार पार्न आफ्नो अनवरत प्रयास हुने उल्लेख गरे ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण