सहयोगी विकास बैंकका सञ्चालक समिति सदस्य दिपु पक्राउ
जनकपुर– ठगी गरेको आरोप लागेका सहयोगी विकास बैंक लिमिटेड जनकपुरका सञ्चालक समितिका सदस्य दिपु भनिने दिपेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको व्यक्तिगत रुपमा धितो राखिएको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका यादवलाई प्रहरीले आज बलबा टोलस्थित घरबाटै पक्राउ गरेको हो । पीडित रौनियारले लामो समयसम्म पनि आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए । त्यसलगत्तै अदालतले जालसाजी तथा ठगी गरेको अभियोगमा अभियूक्त दिपेन्द्रकुमार यादव दिपुको नाममा गत साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार रह्दैँ आएका थिए ।
पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत धनुषामा उपस्थित गराई म्याद थप गराउने तयारी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । रौनियारले करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासमा रहेको ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए ।
केहि वर्षभित्रै सो ऋणवापत यादवलाई ७३ लाख रुपैया चुक्ता गरेपनि जग्गा फिर्ता पाएका थिएनन् । जग्गा फिर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि ६ वर्षअघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण