कपिलवस्तुमा दुई खरिदार अख्तियारको फन्दामा
बुधबार, २९ असोज २०७६, १९ : ३१
बुटवल– जग्गा नामसारी भन्दै सेवाग्राहीसँग घुस रकम लिने दुईजना खरिदारलाई कपिलवस्तुबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार सूर्यप्रसाद मिश्र र खरिदार दुर्गाप्रसाद चौधरीलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले कार्यालय परिसारबाट ६ हजार नगद सहित रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियार बुटवलका प्रवक्ता शुरेस भुसालले दुवै जनालाई बुटवल कार्यालयमा ल्याएर बयान लिन शुरु गरिएको जनाकारी दिए । उनीहरुले सेवाग्राहीसँग मोही जग्गा नामसारी गरिदिने भन्दै रकम माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण