लागुऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ
बिहीबार, ३० असोज २०७६, १० : ०६
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो ।
स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
दुवै जनाले प्रयोग गरेको स३प ७६०८ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण