मेयरले बनाए बीच सडकमै टावर !
रौतहट । रौतहटको परोहा नगरपालिकाले राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनामा अवरोध हुनेगरी बीच सडकमै टावर निर्माण गरिरहेको छ ।
मधेशको लाइफलाइनको रुपमा निर्माणाधीन १२ मिटर मात्र चौडाई रहेको बाटोको बीचमा दुईमिटर बर्गाकारमा नगरपालिकाले टावर बनाउँदा हुलाकी सडकको निर्माणनै प्रभावित हुने भएको हो । नगरको सोभा बढाउन भन्दै नगरपालिकाले टावर बनाउन लागेको हो ।
टेण्डर पश्चात निर्माण प्रकृयामा रहेको हुलाकीसडक आयोजनालाई कुनै जानकारी नै नदिइ नगरप्रमुख शेख वकिलले मनपरी ढंगले टावर निर्माण गर्न लागेको देखेर स्थानीय बासिन्दाले आलोचना गर्न थालेका छन् ।
नगरप्रमुख शेख वकिलले सस्तो लोकप्रियताको लागि अनावश्यक टावर राख्नलागेको स्थानीय शिक्षक एवं समाजसेवी अनिल यादवले टिप्पणी गरे ।
हुलाकी सडकका साइड इन्जिनियर श्याम नारायण मिश्राले लौकाहामा टावर निर्माण बारे परोहा नगरपालिकाले कुनै जानकारी नदिएको बताए ।
यसबारे बुझ्दा नगरपालिकाका योजना शाखा प्रमुख अब्दुलरब अन्सारीले एकसय दुई फिट अग्लो रहेको टावर ठड्याउन लागिएको बताए । यद्यपि उनले क्रेन मेसिनको अभावमा काम सम्पन्न गर्न नसकेको बताए ।
करीव १५ लाखको टावर निर्माणका लागि नगरपरिषद् तथा कार्यपालिकाबाट निर्णय नभएपनि निर्माण पुरा हुनासाथ बैठक बसेर योजनाको अनुमोदन हुने अन्सारीले बताए ।
यता नगरप्रमुख शेख वकिलले मात्र दुईमिटर बर्गाकार हुने टावरले सडकमा आवत जावत गर्न खासै प्रभाव नपर्ने दाबी गर्दै बरु चौबाटो रहेकाले दुर्घटना समेत न्युन हुने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण