नेपालको विकासमा चीन र भारतको दह्रो साथ छ: महासचिव पौडेल

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको विकासमा चीन र भारतको दह्रो साथ र समर्थन रहेको बताएका छन् । रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् ।
महासचिव पौडेलले नेपाल–भारत बीचको सम्बन्ध राम्रो भएको उल्लेख गर्दै चीनसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको दाबी गरे । महासचिव पौडेलले कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना डिपिआर निर्माणको काम भैरहेको बताए । महासचिव पौडेलले प्रदेश प्रदेशबीच हुने विवाद तथा समस्या समाधान गर्नुपर्नेमा समेत जोड दिए । पौडेलले यो परियोजना सबैको हितमा हुने बताउँदै विवादमा मुछ्न नहुने बताए ।
महासचिव पौडेलले विकासको लागि बजेट विनियोजन गरेर मात्र नहुने उल्लेख गर्दै विकास निर्माणका काममा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बुटवलका १९ वटै वडामा शुद्व खानेपानी पुर्याउनुपर्ने र त्यसका लागि आबश्यक पर्ने बजेट आफुले प्रबन्ध गर्ने प्रतिबदता समेत जनाए । बुटवल– पाल्पाको सिद्वाबाबा सडकमा सुरुङमार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै उनले भने, ‘यो आर्थिक बर्षमा सुरुङ मार्गको काम सुरु हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष