नेपालको विकासमा चीन र भारतको दह्रो साथ छ: महासचिव पौडेल
बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको विकासमा चीन र भारतको दह्रो साथ र समर्थन रहेको बताएका छन् । रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् ।
महासचिव पौडेलले नेपाल–भारत बीचको सम्बन्ध राम्रो भएको उल्लेख गर्दै चीनसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको दाबी गरे । महासचिव पौडेलले कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना डिपिआर निर्माणको काम भैरहेको बताए । महासचिव पौडेलले प्रदेश प्रदेशबीच हुने विवाद तथा समस्या समाधान गर्नुपर्नेमा समेत जोड दिए । पौडेलले यो परियोजना सबैको हितमा हुने बताउँदै विवादमा मुछ्न नहुने बताए ।
महासचिव पौडेलले विकासको लागि बजेट विनियोजन गरेर मात्र नहुने उल्लेख गर्दै विकास निर्माणका काममा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बुटवलका १९ वटै वडामा शुद्व खानेपानी पुर्याउनुपर्ने र त्यसका लागि आबश्यक पर्ने बजेट आफुले प्रबन्ध गर्ने प्रतिबदता समेत जनाए । बुटवल– पाल्पाको सिद्वाबाबा सडकमा सुरुङमार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै उनले भने, ‘यो आर्थिक बर्षमा सुरुङ मार्गको काम सुरु हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण