चीनको सहयोगमा स्थापना भएको कपडा उद्योग दुई दशकदेखि अलपत्र
चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड झन्डै दुई दशकदेखि बन्द छ ।
आन्तरिकसँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि उद्योग बन्द गर्ने निर्णयमा तत्कालीन सरकार पुगेको थियो । बन्द भएको सुती कपडा उत्पादन गर्ने रोजगारमूलक उद्योग पटक पटक पुनः सञ्चालनको तयारी भए पनि असफल हुँदै आएको छ ।
एक हजार चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यका साथ स्थापना गरिएको उद्योगले बन्द हुँदाको समयमा एक हजार १५० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएकोमा पछिल्लो समय सशस्त्र प्रहरी बलको बेस क्याम्पमा परिणत भएको छ ।
२०५७ सालमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी उद्योगमा कार्यरत कामदार कर्मचारीले पाउने सेवा सुविधाबापतको सम्पूर्ण दायित्व भुक्तानी गरेर बन्द गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा राममणि दहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण