कश्मीरमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु
एजेन्सी । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ ।
तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।
गत १५ सेप्टेम्बरमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्षमात्र पाकिस्तानले २०५० भन्दा बढी पटक युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका थिए । यसमा २१ नागरिकले ज्यान गुमाइसकेका छन् । युद्धविराम उल्लंघनमा आतंकवादीको घुसपैठ पनि शामेल छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले श्रीनगरमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ । जसका लागि १० भन्दा बढी आतंकवादी श्रीनगर आसपास क्षेत्रमा लुकेर बसेका छन् । खुफिया सुत्रको हवाला दिँदै उनीहरु कारवाहीका लागि उपयुक्त समयको प्रतिक्षामा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण