आजदेखि ८१ कम्पनीको सेयर कारोबार रोक्का
आइतबार, ०३ कात्तिक २०७६, ११ : ५७
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोकेको छ । आजदेखि नै ती कम्पनीको सेयर काराबोर रोक्का भएको एक्सचेन्जले बताएको छ ।
धितोपत्र सुचिकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नुपर्ने प्रावधान छ । यस समयमा शुल्क नबुझाए सेयर कारोबार रोक्का हुन्छ । यद्यपि, शुल्क बुझाउँदै गए क्रमशः कारोबार पनि फुकुवा हुने नेप्सेले जनाएको छ ।
कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन