नेपाली ‘ब्रान्ड’ राखेर भारतीय चिनी धमाधम बिक्री
बारा । सरकारले चिनी आयातमा बन्देज लगाएपछि तस्करहरु नेपाली ‘ब्रान्ड’ मा भारतीय चिनी बिक्री थर्न थालेको रहस्य खुलेको छ ।
चाडपर्वको मौछा छोप्दै तस्करहरु सक्रिय भएका हुन् । प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका–६ बाट भारतीय चिनी, नेपाली उद्योगका बोरासहित दुई जनालाई नियन्त्रणमा लिएपछि यस्तो धन्दा प्रकाशमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया–६ स्थित रामनारायण यादवको घरमा कोठा भाडामा लिई भारतीय चिनीलाई नेपाली बोरामा प्याकिङ गरेर बजारमा लैजाने गरिएको थियो । प्रहरीले कलैया–२५ बस्ने दिनेश पाण्डे र रमेश तिवारीलाई पक्राउ गरेको छ ।
उनीहरुले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याएको चिनी लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतीय चिनी नेपाली बोरामा प्याकिङ गरेर बजारमा लैजाने गरेको तथ्य फेला पारेको हो ।
प्रहरीले एक लाख ५० हजार मूल्य बराबरको भारतीय चिनी, बोरा सिलाउने मेसिन थान, विभिन्न चिनी उत्पादन कम्पनीको नाम उल्लेखित खाली बोरा दुई सय थानसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले मनहर्वास्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिबाट चिनी खरिद गरी ल्याई गोदाममा भन्डारण गरी सो चिनीको सट्टा भारतबाट चोरी पैठारी गरी ल्याएको चिनी रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रा.लि. को बोरामा प्याकिङ गरी बजारमा विक्री वितरण गरेको पाइएको हो ।
बरामद चिनी र पक्राउ परेका दुवैजनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
-
स्वास्थ्य प्रतिष्ठानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण