ठमेलबाट सालकको खपटा र दुर्लभ बन्यजन्तुको छालासहित २ जना पक्राउ
मङ्गलबार, ०५ कात्तिक २०७६, १५ : ५८
काठमाडौँ । राजधानीको ठमेलबाट दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम नखुलेको अन्य दुर्लभ बन्यजन्तुको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नुवाकोट किस्पाङ गाउँपालिका–२ घर भइ कपन बस्ने दीपकराज न्यौपाने र गोरखा सिरानचोक गाउँपालिका–६ घर भइ कपन नै बस्ने केशव अर्याललाई ठमेलस्थित नरसिंह चोकबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी सन्तोषसिंह राठौरले विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई संकास्पद अवस्थामा ठमेलमा फेला पारेको र खानतलासी गर्दा नाम खुल्न नसकेको बन्यजन्तुको छाला र १ किलो ४०० ग्राम सालकको खपटा बरामद गरिएको जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण