एमसीसीको अनुदानमा पूर्वपश्चिम राजमार्गको मर्मत गरिने
मिलेनियम च्यालेज्न कर्पोरेसन(एमसीसी)को अनुदानमा महेन्द्र राजमार्गको मर्मत हुने भएको छ । सरकारले पूर्व पश्चिम राजमार्गको प्रस्ताव गरेपछि एमसीसीको अनुदानमा सडक परियोजनाअन्तर्गत मर्मत सम्भारको कार्य अगाडि बढाउने तयारी गरिएको हो ।
अमेरिकाले उपलब्ध गराउने ५० करोड अमेरिकी डलर अनुदानमाथि नेपाले १३ करोड अमेरिकी डलर थपेर बनेको एमसीसीको रकम सडक र ऊर्जा परियोजनाका लागि खर्च गरिँदै छ । सोही अनुसार मेची, कोशी, सगरमाथा र त्रिभुवन राजमार्गको ३०५ किलोमिटर सडक मर्मत सम्भार गर्ने भनिए पनि पछिल्लो समय महेन्द्र राजमार्गको मर्मतमा चासो देखाइएको हो ।
। नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुर(४०० केभी) निर्माणको लागि एमसीसीको अनुदान खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाइएको थियो । सो सन्दर्भमा नेपाल र भारतबीच भएको अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सहमतिसमेत भइसकेको छ ।
नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सम्झौताअनुसार एमसीसीको कार्यान्वयन आगामी असार १६ गतेदेखि कार्यान्वयनमा जाँदैछ । सो मितिमा कस्ता परियोजनालाई अगाडि बढाउने क्रममा महेन्द्र राजमार्गको २७ किलोमिटर नमुनासहित १२७ किलोमिटर सडकको सर्मत गर्ने तयारी गरिएको एमसीसी कार्यान्वयनका लागि गठन गरिएको मिलिनियम च्यालेन्ज एकाउन्टले जनाएको छ ।
सडक मर्मत कार्य फूल डेफ्थ रिक्लाईमेसन(एफडिआर) प्रविधिमा गरिने भएको छ । यो प्रविधि नेपालमा पहिलो पटक भित्रिएको हो । महेन्द्र राजमार्गको चन्द्रौटादेखि भालुवाङपछि आउने लमही र त्यहाँबाट पश्चिम जाँदा शिव खोलासम्मको क्षेत्रमा सडक मर्मत हुन लागेको हो ।
यस सडक खण्डको अवस्थाकाबारेमा एमसीसीले सम्पूर्ण विवरण लिइसकेको छ । यो परियोजनामा उच्च प्रविधि प्रयोग हुने भएकाले यसलाई सडक निर्माणका क्षेत्रमा नमुना परियोजनाको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण