पद्मावत फिल्ममा सलमान, ऐश्वर्या र अजय देवगनले अझ राम्रो भूमिका निभाउँथेः शाहिद कपुर
फिल्म पद्मावत हिट भएको एक वर्षपछि फिल्म अभिनेता शाहिद कपुरले उक्त फिल्ममा ‘हद दिल दे चुके सनम’ का कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्ने बताएका छन् । यो फिल्ममा शाहिद कपुरले महाराज रावल रतन सिंहको भूमिका निभाएका थिए ।
यस्तै, यो फिल्ममा रणवीर सिंहले अलाउद्दीन खिलजी र दीपिका पादुकोणले पद्मावतीको भूमिका निभाएका थिए । नेहा धुपियासँगको कुराकानीमा शाहिद कपुरले भने, ‘हम दिल दे चुके सनमका कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्थे ।’ शाहिद कपुरलाई उनले पद्मावतका तीन मुख्य भूमिकामा कसलाई रिकास्ट गर्न चाहन्छन् भनेर नेहाले सोधेकी थिइन् ।
भंसालीको पद्मावत १६ औं शताब्दिका कवि मलिक मुहम्मद जायसीको कविता ‘पद्मावत’ मा आधारित थियो । अत्यधिक ढिलाई र विवादपछि फिल्म अन्ततः सन् २०१८ को जनवरीमा रिलिज भयो र निर्देशक संजय लीला भंसालीले यो फिल्मका लागि राष्ट्रिय पुरस्कार पनि पाए । यो फिल्मले थुप्रै अदालती झमेलाको पनि सामना गर्नुपर्यो । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण