राजनीति बिग्रँदा देश बिग्रन्छ : महेश बस्नेत
बिहीबार, ०७ कात्तिक २०७६, १३ : २३
भक्तपुर– प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताएका छन् । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताए ।
उनले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धि तर्फ अगाडि बढाएको बताउँदै राजनीति विग्रदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको भनाइ राखे ।
सांसद बस्नेतले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने प्रदेशसभाको उपनिर्वाचन निष्पक्ष बनाउन आफू लाग्ने बताउँदै नेकपाको सिद्धान्त र स्व हरिशरण लामिछानेको उद्देश्यलाई आत्मासात गर्ने व्यक्तिलाई नेकपाको तर्फबाट उम्मेदवार बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण