पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्थिती गम्भीरः छोरी मरियमले भेट्न पाइनन्
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्वास्थ्य स्थिती पुनः गम्भीर भएको छ । बुधबार दिउँसो उनको स्वास्थ्यमा सुधारको दाबी गरिएको थियो । यद्यपि, बिहिबार बिहान शरिफको स्वास्थ्य तीब्र रुपमा बिग्रिएको बताइयो । नवाजकी छोरी मरियम बुवालाई भेट्न चाहन्थिन् तर अधिकारीले यसको अनुमती दिएनन् । अर्कोतर्फ प्रधानमन्त्री इमरान खानले नवाजलाई राम्रो स्वास्थोपचार प्रदान गरिएको बताएका छन् । नवाजलाई थुप्रै रोग लागेको छ । उनलाई चौधरी चिनी मिलको केसमा भ्रष्टाचारको दोषी ठहर गरिएको छ । उनी सात वर्षको सजाय काटिरहेका छन् ।
प्लेटिलेट काउन्ट पुनः खस्कियोः
‘द ट्रिब्यून’ पत्रिकाले नवाजको ब्लड प्लेटिलेट काउन्ट सात हजारको खतरनाक स्तरमा पुगेको जानकारी दिएको छ । अहिले उनलाई लाहौरको सर्भिस अस्पतालमा राखिएको छ । एक रिपोर्टले डाक्टरलाई उद्धृत गर्दै नवाजलाई विभिन्न प्रकारको रोग लागेको बताउँदै उनलाई इस्लामाबाद वा देश बाहिरका राम्रा अस्पतालमा उपचारको आवश्यकता भएको बताएको छ । अर्कोतर्फ इमरान खानले यसबारे धेरै कुरा गरेनन् । नवाजलाई हरसम्भव उपचार प्रदान गरिएको भन्दै पन्छिए ।
छोरीलाई समेत भेट्न दिइएनः
नवाजकी छोरी मरियम पनि कोट लखपत जेलमा छिन् । बुधबार उनलाई पेशीका लागि अदालतमा पेश गरियो । त्यहाँ उनले अधिकारीलाई आफू बुवालाई हेर्न चाहेको बताइन् । अधिकारीले अदालतको आदेशका कारण यसको अनुमती दिन नसकिने बतायो । पछि मरियमलाई पुनः जेल पठाइयो । मरियम आफैं पनि बिरामी छिन् । उनले भनिन्, ‘म एकपटक बुवालाई हेर्न चाहन्छु तर यसको पनि अनुमती पाइरहेकी छैन ।’
इमरानले ठूलो मूल्य चुकाउनु पर्नेछः
नवाजको पार्टी पीएमएल–एनका नेता आरिफ खानले बिहिबार भने, ‘हाम्रा नेता र पूर्व प्रधानमन्त्री नवाजको स्थिती गम्भीर छ । सरकारले उनलाई षड्यन्त्र गरेर जेलमा राखेको छ । हामी इमरानसँग कुनै प्रकारको मोलतोल गर्नेछैनौं । यदि नवाजलाई केही भयो भने याद राख्नुहोस् इमरान खानले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण