पाकिस्तानका प्रधानमन्त्री खानद्वारा सरिफको स्वास्थ्यप्रति चिन्ता व्यक्त
इस्लामावाद-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन विताइरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले सरिफ कारागारमै विरामी भएको थाहा पाएपछि अस्पताल लैजाने व्यवस्था गरिएको र यसले आफूलाई चिन्तित बनाएको विहीबार बताएका छन् । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका सरिफलाई सन् २०१७ देखि लाहोरस्थित कारागारमा राखिएको छ ।
उनलाई भ्रष्टाचारसम्बन्धी धेरै आरोपहरू लगाइएको छ । सरिफलाई गत मङ्गलबारदेखि अस्पताल राखिएको छ । ६९ बर्षिय सरिफलाई रगतमा प्लेटलेटको अवस्था खतरापूर्ण देखिएपछि अस्पताल लगिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
“पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ । यतिवेला उहाँको स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन् । प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिएका छन् ।
पूर्वप्रधानमन्त्री सरिफ जेल चलान भएपछि पाकिस्तान मुस्लिम लिग— नवाज (पिएमएल—एन)को नेतृत्व समेत लिएका उनका भाई शहबाजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सरिफको स्वास्थ्यका बारेमा ध्यानाकर्षण गराएका थिए ।
शहबाजले मङ्गलबार लेखेका थिए,,“पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य अवस्था निकै नराम्रो भएको छ । यसबारे मैले सबैको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । यतिवेला उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि प्रार्थना गर्न चाहन्छु ।”
पूर्वप्रधानमन्त्री नवाज सरिफलाई मधुमेह लगायतका धेरै रोगले पहिलेदेखि नै सताउँदै आएको पारिवारिक श्रोतले जनाएको छ । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०१७ मा उनलाई दोषी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो ।
सरिफले भने आरोपलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउँदै आएका छन् । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण