व्यक्तिगत पारिश्रमिक सामाजिक कार्यमा खर्चदैँ चार नगर प्रमुख
शुक्रबार, ०८ कात्तिक २०७६, ०६ : ५३
स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ ।
आफूले पाउने सुविधाको रकम र पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उनीहरु हुन्, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो ।
स्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर यी चार नगरप्रमुखले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आएका छन् । यो समाचार आजको गोरखापत्रमा शशिधर पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण