शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नियमावली दराजमा, आफ्नै जिम्मेवारी अलपत्र पार्दै अधिकांश मन्त्रालय

शुक्रबार, ०८ कात्तिक २०७६, ०७ : ४७
शुक्रबार, ०८ कात्तिक २०७६

आफ्नै मन्त्रालयको जिम्मेवारीलाई अधिकांश मन्त्रालयले अलपत्र पार्दै आइरहेका छन् । कार्य्विभाजन नियमावलीले हरेक मन्त्रालयको काम र जिम्मेवारी निर्धारण गरिदिएको छ । यो हरेक मन्त्रालयको मुख्य मार्ग्निर्देशक सिद्धान्त पनि हो । 

तर, यही जिम्मेवारीलाई मन्त्रालयहरूले अलपत्र पार्दै आइरहेका हुन् । कतिपय मन्त्री र सचिवले त आफ्नो मन्त्रालयको कार्य्विभाजन के हो भन्नेबारेमा समेत राम्ररी जानकारी नै नराख्ने गरेको समेत पाइएको छ । 

मन्त्रालयका महाशाखा तथा शाखामा कार्यरत अधिकांश कर्मचारीसमेत आफ्नो मन्त्रालयको कार्य्विभाजनबारे अनविज्ञता प्रकट गर्ने गरेका छन् ।

तत्कालीन सरकारले २०७४ साल चैतमा कार्य्विभाजन नियमावली जारी गर्दै मन्त्रालयको जिम्मेवारी निर्धारण गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो जिम्मेवारीसहितको कार्य्विभाजन सबै २१ वटै मन्त्रालयमा पठाए पनि मन्त्रालयमा ती कार्य्विभाजन नियमावली त्यसै थन्काएर राख्ने गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप