पारसले पनि टी–१० खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हालै राजीनामाको घोषणा गरेका पारस खड्काले पनि संयुक्त अबर इमिरेट्स (युएई) मा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिग खेल्ने भएका छन् ।
पारसले अबुधावी टोलीबाट टी–१० खेल्न लागेको अबुधावीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेको छ । टी–१० को ड्राफ्ट र खेलाडी अनुबन्ध एक साता अघिनै भएको थियो । यद्यपी ड्राफ्टमा पारसको नाम थिएन । पारसलाई ड्राफ्ट अघिनै अबुधावीले आपसी सहमतिमा लिईसकेको बताईएको छ ।

अबुधावीले आफ्नो टोलीमा पारसको फोटो समेत राखेर सार्वजनिक गरेको छ । पारसले अबुधावीबाट खेल्दा १० हजार अमेरिकी डलर पारिश्रमिक पाउने सम्झौता भएको छ । टी–१० का लागि नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई भने कर्नाटक टस्कर्सले अनुबन्ध गरेको छ ।
ड्राफ्टबाट ‘ए’ क्याटागोरीमा छनोट भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण