पारसले पनि टी–१० खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हालै राजीनामाको घोषणा गरेका पारस खड्काले पनि संयुक्त अबर इमिरेट्स (युएई) मा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिग खेल्ने भएका छन् ।
पारसले अबुधावी टोलीबाट टी–१० खेल्न लागेको अबुधावीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेको छ । टी–१० को ड्राफ्ट र खेलाडी अनुबन्ध एक साता अघिनै भएको थियो । यद्यपी ड्राफ्टमा पारसको नाम थिएन । पारसलाई ड्राफ्ट अघिनै अबुधावीले आपसी सहमतिमा लिईसकेको बताईएको छ ।
अबुधावीले आफ्नो टोलीमा पारसको फोटो समेत राखेर सार्वजनिक गरेको छ । पारसले अबुधावीबाट खेल्दा १० हजार अमेरिकी डलर पारिश्रमिक पाउने सम्झौता भएको छ । टी–१० का लागि नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई भने कर्नाटक टस्कर्सले अनुबन्ध गरेको छ ।
ड्राफ्टबाट ‘ए’ क्याटागोरीमा छनोट भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात